नियम २६
शैक्षिक बिवरण राख्नु पर्ने
(१) बाल सुधार गृहले बालबालिकाको शैक्षिक विवरण र- प्रमाणपत्र नियमित रूपमा अद्यावधिक गरी निजको व्यक्तिगत विवरणमा समावेश गर्नु पर्नेछ ।

(२) बालबालिकाले बाल सुधार गृह छाडेर जाँदा बाल सुधार गृहले त्यस्तो विवरण र प्रमाणपत्रहरू निजलाई उपलव्ध गराई कम्तीमा पाँच वर्षसम्म शैक्षिक प्रमाणपत्रका प्रतिलिपि सुरक्षित रहने व्यवस्था गर्नु पर्नेछ। (३) बालबालिकाको कुनै पनि शैक्षिक प्रमाणपत्रमा निज बाल सुधार गृहमा रहेको भनी जनिने किसिमको विवरण उल्लेख गर्नु हुँदैन ।